मिथिला शर्मा ‘आमा’ बन्ने भइन्

काठमाडौं / छायाँकनरत फिल्म ‘आमा’को मुख्य कलाकार फेरबदल भएको छ । आमाको भूमिका निभाइरहेकी सूर्यमाला खनाल फिल्मबाट बाहिरिएकी छन् । सुर्यमाला बाहिरिदा आमाको भूमिकामा मिथिला शर्माको आगमन भएको छ ।

निर्देशक खनालका अनुसार फिल्म आमाको अधिकांश छायांकन पानीमा गर्नु पर्नेछ । पर्याप्त पानी नपरेपछि फिल्मको छायांकनमा रोकिएको छ । सूर्यमाला असोजमा अमेरिका जानुपर्ने छ । फिल्मको लागि लामो समय लाग्ने हुँदा उनले सहमतीमै फिल्म छाडेको बताइन्छ ।

सर्मिला पाण्डेको लगानी रहेको फिल्म आमा मा मिथिलासँगै सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म फागुन ९ गते देखि रिलिज हुनेछ । सर्मिला पाण्डे निर्मित फिल्म घर यतिबेला प्रदर्शन भैरहेको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०६:२७