दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश (यसरी भोट गर्नुहोस्)

काठमाडौं । दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गर्न सफल भएका छन् । टप ५ को घोषणासँगै दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । अब प्रतियोगीले फाइनल राउण्डको लागि दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

उपाधिका लागि भोटिङ खुल्ला भएको छ । भोटिङ दुई घन्टासम्म खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ००:५४