कोरोनाबाट मृतक महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

काठमाडौं / पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने महिलाको शिशुलाई सहयोग गर्ने हुनुभएको छ । कोरोनाबाट मृत्यु हुने सिन्धुपाल्चोककी सुत्केरी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने हुनुभएको हो ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार सहयोग गर्ने बताउनुभएको हो । सहयोग रकम शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उहाँको भनाइ छ ।

त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०८:२६