थप ५३ जनामा कोरोना पुष्टि  , नेपालमा कुल संक्रमित सङ्ख्या ३५७ पुग्यो

काठमाडाैं, ०५ जेठ  / नेपालमा काेराेना संक्रमित संख्या ३५७  पुगेकाे छ । साेमबार दिउँसो  ५३ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या  पुगेकाे हाे स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् । मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्षीय, २५ वर्षीय, २९ वर्षीय एक/एक जना पुरूष रहेका छन् ।

त्यस्ताे राैतहट माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाई ५ का ३८ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आइतबार पनि नेपालमा १४ नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निकाे भइसकेका छन् भने २ जनाकाे ज्यान गएकाे छ ।

 

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार १०:४६