‘बेइमानी लाहुरे’

काठमाडौं ८ साउन / चिजा तामाङ्गको  “बेइमानी लाहुरे”  बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई सामाजिक सन्जाल युटयुबबाट सार्वजनिक गरिएको छ ।

रेमेश बाबु थापाको शब्द तथा संगीत रहेको गीतमा विश्वास नेपालको एरेंज रहेको छ । प्रेमिकाको मनको भाव समावेश गरिएको उक्त गीतमा लाहुरेको पर्खाईमा रहेको कुरा गरिएको छ ।

कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापा मगरको अभिनय रहेको उक्त गीतको भिडियो शम्भु चालिसेले छाँयाकन गरेका हुन् । तीजको अवसरमा सार्वजनिक भएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । भिडियो :

दिप गुरुङ्गको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुजन शाहीले संपादन गरेका हुन् । गीतको भिडियोमा आशुतोष एडीको कोरियोग्राफी रहेको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०६:४८