रोल्पाको आइसोलेसनमा एकजनाको मृत्यु

काठमाडौँ / अस्पतालको आइसोलेसनमा रहेका एक युवकको सोमबार मृत्यु भएको छ। रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवकको अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।

आइसोलेसनमै ज्यान गुमाएका युवक लामो समय देखि मृगौला रोगबाट ग्रसित रहेका थिए। उनलाई केहि दिन काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरी फर्किएका उनलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको र उपचारकै क्रममा सोमबार मृत्यु भएको बताइएको छ।

टिचिङ अस्पतालबाट फर्किएपछि घरमा भन्दा जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज हुने भनेर परिवारजनले उक्त अस्पताल पुर्याएका थिए। आईसोलेसनमै ज्यान गएपछि उनको पिसिआर संकलन गरि परिक्षणका लागि पठाइएको छ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार १५:५४