खोटाङमा पहिलोपटक २० वर्षीय युवामा भेटियो कोरोना संक्रमण

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । काठमाडौंबाट गाउँ आएका २० वर्षीय ति यूवामा कोरोना पोजेटिभ देखिएको हो ।

सोमबार (आज) धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जनाको स्वाव परिक्षण गर्दा ति यूवामा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वस्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए नभएको यकिन गर्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पिसिआर परिक्षणका लागि शुक्रबार स्वाव विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

Loading...
प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार १७:०१