संसदमा बोल्दै गर्दा प्रधानमन्त्रीलाई अप्ठ्यारो भएपछि……

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्न अप्ठ्यारो भएपछि सभामुखसँग बसेर बोल्न अनुमति मागेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको संसदमा जवाफ दिइरहेका प्रधानमन्त्रीले स्वास्थ्यका कारण उभिएर बोल्न अप्ठ्यारो भएको भन्दै सभामुख अग्नी सापकोटासँग बसेर बोल्न अनुमति मागेका थिए।

त्यस पछि सभामुखले बसेर बोल्ने ब्यवस्था मिलाउन संसदका महासचिवलाई निर्देशन दिए। उनले भने, ‘महासचिव ज्यू बसेर बोल्ने मिलाइदिनुस्।’

सभामुखले तलबाट बोल्न सजिलो हुन्छकी भनेर समेत प्रधानमन्त्रीलाई सोधे तर माथीबाट सबैदेखिने भन्दै प्रधानमन्त्रीले यहीँबाट सबै देखिन्छ भनेपछि कुर्सीमा बसेर उनले सम्वोधन गरे।

पुन: आफ्नो सम्वोधन सुरु गर्दै प्रधानमन्त्रीले भने, ‘सभामुख महोदय अलिकतिबीचमा ड्रप गर्नुपरेकोमा क्षमाप्रार्थी छु।’ अप्रेसनको कारणले खुट्टामा अहसजिलो हुँदा लामो समय उभिन गाह्रो भएको प्रधानमन्त्रीले बताए।

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार ०७:१५