२५ वर्षीया छोरीद्वारा आफ्नै बुबाको ह’त्या

मङ्गलबारे, ६ जेठ / इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ज्या’न लिएकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ज्या’न लिएकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा झ-गडा हुँदा छोरीले नै ज्या’न लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ-गडा भएको थियो । फुलबहादुरको टाउकोमा चो-ट देखिएको छ । टाउकोमा चि-र्पट प्र-हार गरेर ज्या’न लिएको हुनसक्ने बताइएको छ ।

“गहिरो चो-ट नदेखिएका कारण धा-रिलो ह-तियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भन्नुभयो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झ-गडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । (रासस)

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार ०८:५८