‘अर्कैको स्वास्नी राम्रो’

काठमाडौं ८ साउन / नेपाली लोकदोहोरी यतिवोल तीजका गीतहरुले तताइरहेको छ । धेरै नयाँ तथा पुराना कालकाहरुको आवाजमा तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै अवसरमा कालकाहरुले निकै सन्देश मुलक र रमाइलो गीत अर्कैको स्वास्नी राम्रो वोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

जापानमा रहेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने तथा बहुप्रतिभाका धनि गायक सर्जक प्रेम सापकोटा सोनुले गीतको लय तथा शब्द सिर्जना गरेका छन । उनले गीतको बारेमा हामी सँग कुरा गर्दै भने झट्ट सुन्दा गीतलाई धेरैले गाली गर्नुहोला तर पुरै सुन्नु भयो भने सन्देश मुलक गीत रैछ भन्नुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

गीतमा सुरेश सुनार र काजोल गुरुङको आवाज रहेको छ । नयाँ कलाकारहरु भए पनि उनीहरुले गीतलाई निकै न्याय गरेर आवाज दिएका छन भने गीतमा खोट लगाउने कुनै ठाँउ छैन ।

गीतको म्युजिक भिडियोको पक्ष समेत निकै उत्कृष्ट रहेको छ । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन भने सरापे नामले परिचित यादव देवकोटा र निमर्लीले अभिनय गरेका छन ।

गीतलाई सफलताको कामना हाम्रो तर्फबाट पनि । आनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेरौं

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०९:३५