ड्युटीमा खटिएका काठमाडौंका दुई प्रहरीमा देखियो कोरोना

काठमाडौं / ड्युटीमा खटिएका नेपाल प्रहरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित महानगरी प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरुको रिपोर्ट राति अबेर मात्र आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल वलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।

कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पिसिआर परिक्षण सुरु भएको छ । काठमाडौंमा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

यसअघि नेपाल प्रहरीका रौतहटमा कार्यरत र नेपाली सेनाका महोत्तरीमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रतीकात्मक तस्बिर 

Loading...
प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०४:१०