एकाबिहानै थपिए १७ कोरोना संक्रमित : कुल सङ्ख्या ४४४ पुग्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या ४४४ पुगेकाे छ । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा गरीएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टी भएकाे हाे ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ भने वुधवार मात्र १७ जनामा कोरोना संक्रमण देखिएको छ ।विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानका १ जनालाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

धरानमा देखिएको यो पहिलो केस हो । धनकुटा र धरानमा संक्रमित भेटिनु अघि आज दिउसो झापाको कचनकवलमा १५ जनामा संक्रमणको पुष्टि भएको थियो ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । १ नं. प्रदेशमा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।

कोरोन संक्रमीतको सख्या बढे संगै प्रदेशका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ भने विराटनगरस्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचार गरीदै आएको छ । विराटनगरस्थित कोभिड उपचार केन्द्रबाट वुधवारसम्म २६ जना कोरोना मुक्त भएर गइसकेका छन् ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०१:५५