एकाबिहानै काठमाडौंमा भुकम्पको ठुलो धक्का

काठमाडौँ ०८ जेठ / बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।

कुन ठाउँलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको हो भन्ने बारे अहिले खुलेको छैन । थप विवरण केही बेरमा

अन्य समाचार : आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैंकले आजका लागी तोकेको विदेशी मुद्राको विािय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ।

यसै गरी युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०२:४१