छवि ओझा र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं ८ साउन / निर्माता छविराज ओझा र उनकी धर्मपत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । छवि र शिल्पाविरुद्ध छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी बृत गौशालामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् ।

यो  पनि पढ्नुहोस् :

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिच भैरहेको लफडामा नयाँ मोड आएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।

दुई सन्तान (२ छोरा) की आमा हेमाले श्रीमान ओझा र सौता पोखरेले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् ।

आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता श्रीमान छविराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसपश्चात् शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको परपाचुके प्रक्रियालले नयाँ मोड लिएको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १०:१३