थप ९ जनामा कोरोना पुष्टि : संक्रमित सङ्ख्या ४५३ पुग्यो

काठमान्डौ , नेपालमा फेरी थप ९ जना कोरोना संक्रमित थपिएका छन । यो संगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्त बिकाश देबकोटाले थप ९ कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थपिएको जानकारी दिएका हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

कोरोनामुक्त भएपछि भक्तपुरका दुई र काठमाडौंका दुई जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा भक्तपुरका एक पुरुष , एक महिला, काठमाडौंकी एक महिला र अर्का संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४९ पुगेको छ ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार १०:४६