कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

काठमाण्डौ / कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गएको छ । धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताउनुभयो ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।

सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताउनुभयो ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार १४:०९