काठमाडौं ०९ जेठ / चर्चित सारङ्गी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
“आफ्नो ख्याल आफैले गरौं अकालैमा कोही पनि नमरौं” बोलको गीतलाई गायक हेमन्त कान्छाले आफ्नै अफिसियल युट्युब “हेमन्त कान्छा रसाइली” बाट बजारमा ल्याएको हो ।
समसामयिक बिषयलाई मध्यनजर गर्दै गाउन र लेख्न अब्बल गायक हेमन्त कान्छाले यसअघिपनि थुप्रै गीतहरु गाइसकेका छन् । केहिदिन अगाडि उनले नेपाल भारत सिमा विवादको गीत पनि सार्वजनिक गरेका थिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको पालना गरेर हेमन्त कान्छाले दर्शक स्रोता माझ जनचेतनामूलक मुलक सन्देश दिँदै आइरहेका छन् ।
भिडियो हेर्नुहोस् !