१० लाख लिएर नयाँ चलचित्रमा काम गर्दै सुस्मा कार्की

काठमाडौं / फिल्म ‘फटाह फणिन्दे्र’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् ।

यो फिल्मका लागि अहिले नायिका सुस्मा छनोट भएकी छन् । १० लाख पारिश्रमिक रकममा सुस्मालाई फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमको दाबी छ । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए ।

‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १०:४२