संघर्षले जुराएको जोडी

यमुना मगर , काठमाडौं

एबिसी टेलिभिजनामा प्रसारन हुने कार्यक्रम ईन्द्रेणी का सञ्चिालिका तथा लोक दोहोरी गायिका खिमा रोका मगर र गायिका रितु थापा मगर अहिलेको निकै चर्चित गायिकाहरु हुन । यि दुबै गायिकाहरु बाग्लुङ जिल्लामा जन्मिएकी हुन् ।

उनीहरुको दोहोरी हेरेर दर्शकहरु मख्ख पर्छन । एउटै ठाउंको यि दुई हेर्दा उस्तै, सुन्दर अनुहार धेरैले एउटै दिदीबहिनी भन्ने गर्छन तर उनीहरु एउटै घरका दिदीबहिनी होईनन् तर त्यो भन्दा फरक पनि त छैन् ।

बाग्लुङमा जन्मेपनि बुबाआमा ब्याबसाय गर्दै सोलुखुम्बु पुगेपछि घरको कान्छी छोरी बुबा आमाको साथ खिमा नपुग्ने कुरै भएन । खिमाले आधा पढाई समेत सोलुखुम्बुमै सकेकी हुन । सानैदेखि गायिका बन्ने सपना साकार बनाउन २०७३ सालमा राजधानी पसेकी खिमाले आफ्नै जिल्लाको साथी अर्थात बहिनी भेटाईन रितु, अनि सँगै काम, संगै कार्यक्रम गर्ने यि दुई गायिकाहरु प्राय सँगै देखिन्छन । कार्यक्रम तिर मात्रै होईन बास्तबिक ब्यबहारमा पनि, त्यस्तै सपना त रितुको पनि थियो सुरुवातको संघर्षले नै यो बेला रितु थापा मगर भनेर चिनिन पाएको रितु बताउछिन् ।

एउटै ड्रेस , एउटै ब्याग,कपालको रङ पनि उस्तै यतिमात्रै होइन उनीहरु भन्छन् “हाम्रो ड्रेस मात्रै एउटै होइन हाम्रो बिचार र मन पनि उस्तै छ, प्राय सबै कुराहरु मिल्न जान्छ कहिलेत हामी आफै छक्क पर्छौ” ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ११:३२