बाँकेका ७ बर्षिया बालिकाले कोरोनालाई जितेर घर फर्किइन्

काठमाडौं / नेपालगञ्जका २१ जनाले कोरोनालाई पराजित गरेर शुक्रवार दिउँसो घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् । कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायत स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गर्नुभयो ।

सो अवसरमा उहाँले अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न सल्लाह सुझाव दिंदै लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । अस्पतालको गेटमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिनुभयो । देशमै पहिलोपटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।

अस्पतालमा रहेका नेपालगञ्जका २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परिक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा नेपालगञ्जका चार सहित अन्य सात जना उपचाररत छन् ।

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार ०७:५९