२६८ जना यात्रु बोकेर जापान उड्यो नेपाल एयरलाइन्स

काठमाडौं, जेठ ९ / बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । बन्दाबन्दीमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो ।

सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । फाइल फोटो

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार १७:१३