बिहानै थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं १० जेठ / आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनालाई जितेर निको हुनेको सङ्ख्या ७० छ, हिजोमात्रै २१ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार ०३:११