पुर्णिमा लामाको “परदेशी बहिनी”

काठमाडौँ  ८ साउन । परदेशी बहिनी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा बाध्यताले परदेश गएकी नेपाली चेलीले भोग्ने घरेलु हिँसाको बारेमा जस्ताको त्यस्तै देखाइएको छ ।

हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीज नजिकिदै गर्दा यही अबसरमा तयार पारीयको पुण्य प्रसाद अधिकारीको तीज गीत परदेशी बहिनीको भिडियो बजारमा ल्याइएको हो । जसमा पुर्णिमा लामा र प्रनिल गुरुङ्गको स्वर रहेको छ ।

पुण्य प्रसाद अधिकारीको शब्द र प्रनिल गुरुङ्गको लयमा तयार पारीयको गीतलाई ध्रुब हिमालीले निर्देशन गरेका छन् ।  भिडियो हेेर्नुहोस् :

हरि महराको छायांकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । सार्वजनिक गीतमा पुण्य प्रसाद अधिकारी र प्रतिक्षा बिश्वोकर्माको अभिनय देख्न पाईन्छ । गीतको बजार ब्यबस्थापन हिम सम्झौता डिजिटलले गरेको हो ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १२:३३