यशुको नाममा भ्रम फैलाउने पास्टर कारागार चलान

काठमाडौं / धर्मका नाममा कोरोनाभाइरसबारे भ्रम फैलाउने  क्रिस्चियन पास्टर कारागार चलान भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएको बेला भ्रम फैलाउने  जुम्ला घर भएका २९ वर्षीय पास्टर केशव आचार्यलाई डोल्पा जिल्ला अदालतले कारागार चलान गरेको हो ।

केहि समयअघि रुमालले हानेर कोरोना भाइरस मार्छु भन्दै अफवाह फैलाएको उनको भिडियो भाइरल भएको थियो ।

इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएपछि उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि  कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ गते उनी धरौटीमा रिहाइ भएपछि प्रहरीले फेरि पक्राउ गरी डोल्पा पुर्‍याएको थियो ।

अनुसन्धानपछि उनलाई डोल्पा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १०:५९