काठमाडौं ८ साउन / दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का दोलखासहित रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
अन्य समाचार
नयाँ फिल्म गर्दै पुजा शर्मा, लिइन् २० लाख पारिश्रमिक
काठमाडौं । अभिनेत्री पूजा शर्मा फेरि पनि २० लाख पारिश्रमिक लिएर अर्को नयाँ फिल्ममा अभिनय गर्ने भएकी छन् । शर्माले ‘पोई पर्यो काले’ फिल्मको लागि २० लाख पारिश्रमिक लिएपछि उक्त विषयको बारेमा निकै चर्चा चलेको थियो ।
वर्षमा एउटा मात्र फिल्ममा देखिने पूजा शर्मा यो वर्ष भने एक भन्दा बढी फिल्ममा देखिने भएकी छन् । ‘समहालिन्छ मन’ मा १६ लाख लिएर काम गरेकी पूजाले आफ्नो पारिश्रामिक बढाउँदै २० लाख पुर्याएकी छन् । ‘समहालिन्छ मन’ पछि उनले ‘पोई पर्यो काले’ मा काम गरिन् । यो फिल्म कात्तिक ८ गतेबाट नेपालभर प्रदर्शनमा आउँदै छ । यसैक्रममा नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा काम गर्न थालेकी छिन् ।
‘म यस्तो गीत गाउँछु २’ पछि शर्मा दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ फिल्ममा भित्रिने पक्का भएको छ । नयाँ फिल्मको निर्देशक भारतबाट आउने बताइएको छ । शर्माले यो फिल्मका लागि २० लाख पारिश्रमिक लिएकी छिन् । तर कागजी संझौता भने नभएको बताइएको छ । शर्माले फिल्मका लागि पेश्की रकम लिइसकेकी छन् ।