नेपालमा कोरोना संक्रमित ६ सय ८२ पुग्यो, ४ जनाको मृत्यु

काठमाडौं, १२ जेठ / सोमबार दिउँसो पुनः ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस अघि सोमबार विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ८१ पुगेको छ । सोमबार विहान एक जनाको कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएपछि संक्रमितको संख्या भने १ सय ८२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमित सबै पुरुषहरु रहेको जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार थपिएका संक्रमितहरुमा अछामका १ जना, बर्दियाका ३ जना , पर्साका १ जना र काठमाडौं घर भइ बारा कलैया बसेर काम गर्ने एक पुरुष रहेका छन् ।

कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुग्यो

कोभिड १९ बाट चौथो व्यक्तिको पनि निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । गत जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । ती बृद्धको सोही दिन अन्त्येष्टि गरिए पनि सोमबार विहान मात्र उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउसोसम्ममा निको भएर डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ ।

Loading...
प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार ११:१९