मलेशियाबाट घर फर्किदै गरेका एक नेपालीको जहाजमै मृत्यु

काठमाडौं, ८ साउन / बैदेशिक रोजगारीमा गएका दोलखाको जिरी नगरपालिका ८ का एक युवकको घर फर्किने क्रममा जहाज़मै मृत्यु भएको छ । जिरी ८ निगालेका ३२ बर्षीय ओंग दोर्जे शेर्पाको मलेशियाबाट नेपाल फर्किने क्रममा आज दिउसो मृत्यु भएको हो ।

मलेशियन एयरर्लाइन्समार्फत नेपाल आउदै गरेकाश्रेपाको त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा जहाज ल्याण्ड हुनु अगाबै मृत्यु भएको बताएको छ ।

दुई महिना अघि एपेन्डिक्सको समस्या भएर अप्रेसन गरेका शेर्पालाई काम गर्ने कम्पनिले उपचार गराई घर फर्काएको थियो ।

बिहान ११.३० बजेसम्म बोल्दै गरेको शेर्पाको जहाज़भित्रै एक्कासी मृत्यु भएको हो । श्रेपा डेड वर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका थिए ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १५:०१