भारतबाट नेपाल भित्रिनेको भीड

  • निमेन्द्र शाही

बाजुरा, १३ जेठ । भारतबाट भित्रिनेको भीड लागेसँगै बाजुरा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । पछिल्लो समय दैनिक सयौँको संख्यामा भारतमा रहेको नेपाली बाजुरा पुग्न थालेका छन् ।

पछिल्लो समय असुरक्षित तवरले जिल्ला भित्रिनेको भीड लागेसँगै बाजुरा संक्रमणको जोखिममा परेको छ । सदरमुकाम अस्पतालमा २० शैयाको मात्र क्वारेन्टाइन रहेकाले उनीहरुलाई कहाँ राख्ने भन्नेमा स्थानीय प्रशासनका लागि टाउको दुःखाइ बनेको छ ।

भारतमा कोरोनाको संक्रमण तीब्र गति रुपमा फैलिएकाले भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण नहुँदा संक्रमणको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यस्तै हुम्ला,मुगु कालिकोटाबाट नागरिक पनि यहिको बाटो प्रयोग गर्ने भएकाले बाजुरा संक्रमणको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयानाथ पन्थ बताउनु हुन्छ ।

अहिलेसम्म संक्रमणबाट सुरक्षित महसुस गरेका बाजुराका स्थानीयहरु भारतबाट आउनेको संख्या बढेसंगै असुरक्षित महशुस गर्न थालेका छन् । उनीहरुले भारतबाट आएकाहरुको तुरुन्त स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् ।

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १७:०३