प्रिय नवराज ! तिम्रो पिठ्युँमा ‘गौरवले हाँसीरहेको’ झण्डा कुन् जातको ? तिम्रो शिरमा सजिएको ढाका टोपी कुन् थरको ?

काठमाडौं १३ जेठ / पश्चिम रुकुममा भएको एक घटनाको यतिबेला सामाजिक सञ्जालदेखि लिएर जताततै चर्चा चलिरहेको छ । जाजरकोट जिल्लाका २१ बर्षिय युवक नवराज विक आफ्नो लामो समयको प्रेम सम्बन्धलाई विवाहको पवित्र बन्धनमा बाध्नको लागि प्रेमिकाको गाउँ जाने क्रममा गाउँलेको कुटा’इबाट यो संसारबाट विदा लिनु परेको छ ।

अन्तिमपटक प्रेमिकाको मुख सम्म हेर्न नपाई यो संसारबाट सदाको लागि विदा भएका नवराज सँगै गएका केहि साथिहरुले पनि ज्या,न गु,माउन परेको छ । आखिर यति ठूलो गल्तीनै के थियो र ज्यानै लिनु पर्ने ? सामाजिक सञ्जालमा चर्चा चले अनुसार युवा दलित भएकै कारण घट’ना घ’टेको देख्न सकिन्छ, वास्तविकता पक्कै बाहिर आउला अहिले अनुसन्धान भइरहेको बिषयमा धेरै नलेखौ होला ।

खेलकुद प्रति अतिनै रुचि राख्ने नवराजको प्रेमिका सँग पहिलो भेट जाजरकोटबाट रुकुममा भलिबल खेल्न जाने क्रममा भएको उनका साथीहरूले बताएका छन् । पहिलोपटक भेटमै बोलचाल भएर फोन नम्बर साटासाट भएपछि बिस्तारै फेसबुकमा पनि जोडिएपछि उनिहरुको सम्बन्ध बलियो बन्दै गएको नवराजको बुबाले बताएका छन् । तर, नवराज र प्रेमिकालाई परिवारले एक हुन दिएनन् ।

आजदिनभरि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा नवराज र उनको प्रेमिकाको बारेमा आएका समाचार र भिडियोहरु हेर्दै जाँदा एउटा लेखमा पुगेर टक्क आँखा रोकियो उक्त लेखलाई समाजसेवी तथा लेखिका अनिता लामाले लेख्नु भएको थियो । उहाँको लेख पढिसकेपछि तपाईंहरु माझ सेयर नगरी बस्न मनले मानेन, त्यसैले तपाईंहरुको लागि अनिता लामाको लेख सेयर गरेछुँ ।

अनिता लामाको लेख जस्ताको तस्तै :

प्रिय दिवंगत नौजवान नवराज वि.क. !

तिम्रो पिठ्युँमा बन्दोबस्तीसँग ‘गौरवले हाँसीरहेको’
झण्डा कुन् जातको ?
तिम्रो शिरमा ‘मुग्ध सजिएको’
ढाका टोपी कुन् थरको ?
म यस्तै “जात नभएको, थर नरहेको”
बेहुला चाहन्छु आमा !
जातिय वि’भेद मु’र्दावाद !

तस्बिर : फेसबुक बाट

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार १७:३९