बागलुङमा ६ जनामा कोरोना पुष्टि

काठमाडौं / बागलुङमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । परीक्षणका क्रममा बागलुङ जिल्ला बढीगाड गाउँपालिका र तमनखोला गाउँपालिकाका गरी ६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथामका प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बुधबार नयाँ ६ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।

सङ्क्रमित देखिएका बागलुङ जिल्ला बढीगाड गाउँपालिकाका वर्ष १९ र २० वर्षका २ जना पुरुषहरु र तमनखोला गाउँपालिकाका २१, २१, २७ र २७ वर्षका ४ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्त्ता डा विनोद विन्दु शर्माका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार ०६:४५