आज थप ११४ जनामा कोरोना पुष्टि : नेपालमा संक्रमित सङ्ख्या ८८६ पुग्यो

काठमाडौं १४ जेठ / आजपर बुधबारपनि नेपालमा ठूलो सङ्ख्यामा कोरोना संक्रमित थपिएको छ । जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार विभिन्न जिल्ला गरि आज थप ११४ जनामा कोरोना पुष्टि भएको छ ।

आज रौतहट, दाङ, बारा, झापा, बाग्लुङमा कोराना संक्रमित थपिएका हुन् । आज रौतहटमा ३५ जना नयाँ संक्रमित थपिएका हुन । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २ कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आजै बाग्लुङमा पनि छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाउँपालिकाका दुई र तमान खोला गाउँपालिकाका चार जना रहेका छन ।

योसँगै कोरोना संक्रमित हुनेको संख्या ८ सय ८६ पुगेको छ । देशभरीका विभिन्न क्वारेन्टिनमा ५५ हजार २ सय ८२ बढी छन् । यो अहिलेसम्म क्वरेन्टिनमा भएका मानिसको सर्वाधिक संख्या हो ।

क्वारेन्टिनमा रहने प्रायः सबै भारतबाट फर्केका नागरिका हुन् । संक्रमणवाट हालसम्म चार जनाको मृत्यु भएको हो । अहिलेसम्म निको भएर १ सय ८३ जना घर फर्केका छन ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार १०:४४