काठमाडौं / मलेसियामा कोरोनाभाइरसको संकमण देखिने नेपालीको संख्या ६७ पुगेको छ । नेपाली दूतावासमा द्वितीय सचिव महेश त्रिपाठी पछिल्लो समय थप १२ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
मलेसियामा हालसम्म १३ जना नेपाली कोरोनाबाट मुक्त भएका छन् भने ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित सबै नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
मलेसियामा हालसम्म कोरोनाबाट १ सय १५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ हजार ६ सय १९ पुगेको छ । त्यस्तै मलेसियामा हालसम्म ६ हजार ८३ जना कोरोनाको उपचारपछि निको भएका छन् ।