नेपाली सेनाले चीनबाट ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं / नेपाली सेनाले चीनबाट १४ टन स्वास्थ्य सामाग्री ल्याएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, नेपाल एयरलाइन्सको जहाजमार्फत स्वास्थ्य सामाग्री ल्याएको हो ।

प्रवक्ता पाण्डेका अनुसार, २८ हजार पीसीआर किट, पीपीईलगायतका स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाको स्वास्थ्य सामग्री लिन जहाज बुधबार नै चीनको ग्वान्झाओ गएको थियो ।

यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो । यस अघि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०८:३८