नेपालमा कोरोना संक्रमित सङ्ख्या हजार नाघ्यो, आज थपिए १५६ जना

काठमाडौं १५ जेठ / बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् ।

देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भईरहेको छ ।

हालसम्म १ लाख २ हजार ३४ जनाको आरडिटी बिधिमार्फत् कोरोना परीक्षण भएको छन् । यस्तै कोरोना संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या १८७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

दैनिक हजारौँको संख्यामा भारतमा रहेका नेपाली फर्किने क्रम बढेसंगै कोरोना फैलिरहेका आँकलन गरिएको छ । नेपालमा हालसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । बुधबार रातीमात्रै ललितपुरस्थित किष्ट हस्पिटलमा उपचाररत कोरोना संक्रमितको ज्यानज गएको हो ।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०८:५४