थप आठ जना कोरोना जितेर घर फर्किए

कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा भर्ना भएका आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।

बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ११, गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नं. ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।

निको भएर घर फर्किनेहरु १८ बर्ष देखी ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्बेश शर्माले जानकारी दिनुभयाे ।

शुक्रबार अस्पतालले उनिहरुलाई फूलका गुच्छा दिएर विदाई गरेको छ । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ०८:५६