होटलको कोठामा झु’ण्डिएको अवस्थामा फेला परिन् नर्स

तेह्रथुम जिल्लाको मेन्छ्यायेम स्वास्थ्य चौकीमा कार्यरत अनमी तनुजा कार्की मृ’त अवस्थामा भेटिएकी छन् ।

मोरङ उर्लाबारी आइतबारे घर भई तेह्रथुमको मेनछ्यायेम स्वास्थ्य चौकीमा कार्यरत कार्की जेठ १३ गते मंगलबार तेह्रथुम बसपार्क नजिक रहेको सन्तोषी होटलमा मृ त अवस्थामा भेटिएकी हुन् ।

जेठ १३ गते साँझ साढे ४ बजे तनुजा होटलको कोठामा झु ण्डि’एको अवस्थामा फे,ला परेकी प्रहरीले जनाएको छ । ‘श’व पो’ष्टमार्टमका लागि पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीन किशोर प्रधानले भने, ‘घ’टनाबारे अ’नुसन्धानका लागि १ जनालाई नियन्त्रणमा लिएका छौं। घ,टनाबारे थप अनु’सन्धान भइरहेको छ ।’

अनमी कार्कीको श’व आफन्तले बुझिसकेका छन्। गत माघमा विदाका घर आएका समयमै उनले कार्यरत संस्थामा गाह्रो परेको भन्दै सरुवाका लागि पहल गरिदिन आग्रहसमेत गरेकी थिइन् ।

उनी परिवारसँग रोएको र परिवारले परिवारसँग छुट्टिएर बस्न गाह्रो भएको होला भन्ने सोचेर सम्झाएर पठाएको आफन्तले जनाएका छन् ।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ०९:५१