काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १७० जनामा कोरोना पुष्टि भएपछी संक्रमितको संख्या १२१२ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणम १७० जनालाई कोरोना पुष्टि भएको हो ।
त्यस्तै नेपालमा कोरोना संक्रमित ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको । भारतबाट नेपाल आउँदै गरेको एकयुवाको केहिदिन अगाडि बाटैमा ज्यान गएको थियो र उनको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भई घर फर्किनेको सङ्ख्या २०६ पुगेको छ ।