आज थपिए अहिलेसम्मकै धेरै संक्रमित , कुल सङ्ख्या १४ सय नाघ्यो

काठमाडौं / आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका १ सय ८९ जनामा १ सय ८५ पुरुष र ४ महिला छन् ।

थपिएका संक्रमितहरुमा कपिलवस्तुमा १०९ जना, दैलेखमा ११, दाङमा ५ जना, झापा र ललितपुरमा १/१ जना रहेका छ भने पहिलो पटक पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ मा फेरि ५७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ५७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा ९ जना, सिरहा जिल्लामा ११ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा ४ जना, सर्लाही जिल्लामा १७ जना, रौतहट जिल्लामा ६ जना, बारा जिल्लामा १ जना र पर्सा जिल्लामा २ जना रहेका छन् ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १४:१४