पुर्वी पहाडी जिल्ला संखुवासभामा पहिलोपटक भेटिए कोरोना संक्रमित

काठमाडौं / नेपालमा आज एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका मध्य पहिलोपटक पुर्वी पहाडी जिल्ला संखुवासभामा पनि २ जना कोरोना संक्रमित भेटिएको स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको छ । देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा आज सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् ।

यस्तै धनुषाका ७, झापा १, ललितपुरका १ जना, महोत्तरीका ४ जना र रौतहटमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ ।

रुपन्देहीमा भएको परीक्षणमा ३६ जनामा पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् । विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ ।

विराटनगरको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनामा पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । यस्तै आज १३ जना संक्रमित‌‍‌‍हरु कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय १९ पुगेको छ ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १५:००