नेपालमा २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु

काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिका रहेकी छिन् । बालिकाको बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा शनिवार राति २ बजे मृत्यु भएको थियो ।

मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताएका हुन् ।  उनको कोरोनाभाइरसका कारण मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको जनाइएको छ । कोरोनाबाट मृत्यु भएकी बालिकाकी आमालाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।

मृत्यु भएकी बालिकाको स्वाब १६ गते परीक्षणको लागि धनगढी पठाइएको थियो । बालिका र उनका आमाबुवा एक साताअघि भारतबाट आएका थिए । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार ०९:४०