ताप्ली गाउँपालिका र लिम्चुङबुङ मा हेलिकप्टरबाट खाद्यान्न सामाग्री

उदयपुर / उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्ने भएको छ । लिम्चुङबुङ र ताप्लीमा खाद्यान्न संकट भएपछि प्रदेश सरकारले तत्कालका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

पहिरोका कारण ग्रामीण सडक क्षतिग्रस्त भएपछि व्यापारीले समेत खाद्यान्न ढुवानी गर्न नसकेपछि केही दिनयता त्यस ठाउँमा खाद्यान्न अभाव भएको छ । स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरिण्क मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

‘लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा खाध्यन्न अभाव भएको छ,’ मन्त्री कार्कीले भने, ‘स्थानीय तहको आग्रहमा प्र्देश सरकारले चामल, दाल, नुन र तेलसहितको खाध्यन्न राहात ढुवानी गरी वितरण गर्नेछ । भोलिबाट हेलिकोप्टरमार्फत आवश्य खाद्यान्न ढुवानी गरी राहात वितरण गरिर्नेछ ।’

मन्त्री कार्कीले प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउन सहमति दिएपछि खाद्यान्न ढुवानीको बन्दोबस्ती गरिएको जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार दुई गाँउपालिकामा दिनको १० हजार किलो चालम त्यसैगरी दाल, नुन र तेल एक साताकालागि हेलिकोप्टरमार्फत ढुवानी गरिने छ । संघीय सरकारले ढुवानीको व्यवस्थाका लागि हेलिकोप्टरको व्यवस्थागर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउनेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधबार मन्त्री कार्कीको अध्यक्षतामा बसेको प्रदेशको विपत्त व्यवस्थापन कार्यकारी समितिको बैठकले आवश्य खाद्यान्नका लागि खाध्य संस्थानको सबै खाद्यान्न खरिद गर्ने र अपुग खाद्यान्न बाहिरबाट खरिद गर्ने पनि निर्णय गरेको छ ।

प्रदेश सरकारले बिहीवार उदयपुरको सदरमुकाम गाइघाटबाट हेलिकोप्टरबाट खरिद गरेको खाद्यान्न लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा पठाएर राहात वितरणको काम थाल्ने छ ।

फोटो : सामाजिक सञ्जाल

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार ०३:०७