एकाबिहानै बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मध्यरात भएको दुर्घटनामा २२ जना घाइते भएका छ्न ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक १२ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।

फाइल तस्बिर

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०१:१७