सुस्मा मल्लकी भाउजुले मिडियामा खोलिन नयाँ रहस्य ( हेर्नुहोस् भिडियो )

काठमाडौं / यतिबेला नवराज विक प्रकरणले देशभर बहस सिर्जना गरेको छ । अहिलेसम्म यस प्रकरणमा ६ जनाको मृत्यु भैसकेको छ । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक, पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवत्तीलाई दुलही बनाउँन गएका थिए । तर नवराजसँगै गएका ६ जनाको लाश मात्रै फर्केर आयो । यस घटनाका सम्बन्धमा केही नयाँ कुरा खुल्दै आएको छ ।

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कु टपि ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पि टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु टपि ट शुरु भएको घाइते युवा आशिष विकले बताए ।

कु टपि ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हा मफा लेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा लगायत ६ जनाको पानीमै डुबेर मृत्यु भयो ।

कु टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । मृ तक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँ उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।”

नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने ।

घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मा रिने डर भएपछि नदीमा हा मफालेका थियौँ । आफूहरुले नदीमा हा मफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए ।

यसै बीच सुस्मा मल्लकी भाउजु मिडियामा आएकी छन । उनीसंग कुरा गरिएको पुरा भिडियो तल हेर्नुहोस ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १३:०८