काठमाडौं / नेपालमा थप २८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २८८ जनामा कोरोना पुष्टि भएको हो ।
कपिलबस्तु , सुर्खेत, दैलेख , सल्यान ,अछाम ,दाङ, प्युठान ,कैलाली ,धनुषा , महोत्तरी , सिराहा , सप्तरी , रौतहट , सर्लाही , भक्तपुर , धादिङ , काठमान्डौ , नबलपरासी , नुवाकोट , पर्बत , रुपन्देही र बारालगायतका जिल्लमा भेटिएका कोरोना संक्रमित सहित २८८ जनालाई कोरोना पुष्टि भएको हो ।
नया पुष्टि सहित नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको देबकोटाले बताएका छन ।संक्रमित मध्ये हाल सम्म २६६ जना निको भएर घर फर्किएको उनले बताए ।देश भरका ६१ जिल्लामा संक्रमित देखा परेको प्रबक्ता देबकोटाले जानकारी दिएका छन ।