ज्योती मगर देखेर ‘दंगै परून दुनियाँ’ (भिडियो)

काठमाडौँ – लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय/शब्द रहेको तीजगीत बजारमा आएको छ। चर्चित गायिका ज्योती मगरको प्रस्तुतीका रुपमा रहेको ‘दंगै परून दुनियाँ’ बोलको तीजगीत सर्जक भण्डारीको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

आशिष अविरलको संगीत संयोजन रहेको गीतमा गायिका मगरको स्वर रहेको छ। राग स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन्।

गीतका दृश्यहरू राजेश घिमिरे र भिष्म कार्की(मुकन्द)ले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले म्युजिक भिडियो सम्पादन गरेका छन्। गायिका मगर र विशाल गुरुङलाई अभिनयमा देख्न सकिन्छ। यस गीतमा ज्योती मगर कन्ट्रोभर्सिरहित अभियनमा उत्रेकी छन्।

https://www.youtube.com/watch?v=Af6l5n0Ro2k

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार ०६:२७