श्रीमती संग केदार घिमिरे ‘माग्ने बुढा’ को असार पन्ध्र

आज असार १५ अर्थात् धान दिवस। यो दिन बिशेष गरि दहि चिउरा खाएर मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने समयको रुपमा हेरिएको असार महिना अन्तर्गत बिशेस मानिएको दिन ।

यो दिन आम नागरिक झैँ देशका सेलिब्रेटीहरु पनि एकपटक हिलोमा पस्ने गर्दछन्। आज नै हास्यव्यंग जगतका बरिष्ठ कलाकार तथा चलचित्र निर्माता किरण केसीको जन्मदिन।

उनको जन्मदिनमा सेलिब्रेटीको बाक्लो उपस्थिति रहने गर्दछ। उनको जन्मदिनमा केदार घिमिरे उर्फ माग्ने बुढा पनि पुगेका थिए। उनको साथमा थिइन् उनकी श्रीमती सितादेवि तिमल्सिना। दुवै पछिल्लो समय कलाकारितामा व्यस्त रहेका छन्।

Loading...
प्रकाशित मिति १५ असार २०७६, आईतवार २१:३५