प्रहरीको खोजीमा रहेकी शिल्पा : भोजपुरी फिल्मको सुटिङमा व्यस्त

काठमाडौं । नेपाल प्रहरीले बहुविवाह गरेको आरोपमा नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई खोजिरहेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले दुवैलाई खोजिरहेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दुवैजना बिहीबारसम्म नभेटिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीले खोजिरहँदा शिल्पा पोखरेल भने भोजपुरी चलचित्रको सुटिङमा व्यस्त छिन् । उनी भोजपुरी चलचित्र ‘जय शम्भु’ को सुटिङमा व्यस्त रहेको बताइएको छ । केही दिनअघि मात्र चलचित्रको सुटिङ सुरु भएको हो ।चार दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । काठमाडौं प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि मोरङमा बहुविवाहको मुद्दा दर्ता गरिएको थियो ।

छविले पहिली पत्नी हेमासँग अहिलेसम्म सम्बन्धविच्छेद गरेका छैनन् । यदि छविले हेमासँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् । धेरै चलचित्रकर्मीले छवि आफैंले अंश नदिन जेठी श्रीमती हेमालाई आफू र शिल्पाविरुद्ध मुद्दा हाल्न उक्साएको बताउँदै आएका छन् ।

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १०:३६