कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, प्रहरीले हतकडी लगायो

  • गोकर्ण दयाल 

बैतडी, जेठ २१ गते । कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हत’कडी लगाएको छ ।

युवती ह त्याको आ’रोपमा प्रहरी हि’रासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हत’कडी लगाएर का’रागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती ह त्याको अनु’सन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हि’रासतमा रहेका थिए ।

मु’द्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई का’रागार चलान गर्ने आदेश दिएको थियो ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार ०९:२३