नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो , आज १ जनाको मृत्यु

काठमाडौं २१ जेठ / नेपालमा पछिल्लो २४ घन्टा भित्र थप २०१ जना कोरोना संक्रमीत भेटिएको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन्, यो सँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या २३ सय पुगेको छ । यो साता कोरोना संक्रमित सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ ।

त्यस्तै हालसम्म कोरोना जितेर २७८ जना घर फर्किएका छन् भने ९ जनाले ज्यान गुमाइसकेको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि मुलुकलाई लकडाउन गरेको ७२ अौं दिनसम्म आइपुग्दा कोरोना संक्रमित सङ्ख्या झनझन बढ्दै गइरहेको छ ।

अबदेखि लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पतालमा नलाने पनि स्वस्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ । यसअघिका संक्रमितहरुलाई अस्पतालमै लगेर उपचार र हेरचाह गरिन्थ्यो भने अबचाहि सरकारले क्वारेन्टाइन भन्दा माथिल्लो तहको आइसोलेसन कक्ष बनाएर लक्षण नदेखिएका संक्रमितलाई राख्ने तयारी गरेको छ । गम्भीर समस्या देखिएका संक्रमितहरुले उपचार नपाउन सक्ने अवस्था आउनसक्छ भन्दै यसो गर्न लागेको मन्त्री ढकालको भनाइ छ ।

त्यस्तै लकडाउन मोडालिटीबारे छलफल र सल्लाह सुझाव लिन आज प्रधानमन्त्रीले विज्ञहरुलाई बैठक बोलाउनु भएको छ । लगातार लकडाउन थपेर समस्या समाधान नहुने भन्दै प्रतिक्रिया आउन थालेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारले तयारी गरेको छ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार ११:११