खाद्यान्न लिएर ताप्ली गाउँपालिका पुग्यो सेनाको हेलिकप्टर

उदयपुर ९ साउन /  खाद्यान्न लिएर उदयपुरको संकटग्रस्त क्षेत्र लिम्चुङबुङं गाउँपालिका उढेको नेपाली सेनाको हेलीकप्टर खराव मौसमकाकारण ताप्लि गाउँपालिकाको रुपाटारमा अवतरण गरी खाद्यान्न झारेर फर्केको छ । पहिलो पटक लिम्चुङबुङ र दोस्रो पटक ताप्लि गाउँपालिमा खाद्यान्न ढुवानी गर्ने योजना भएपनि लिम्चुङबुङंमा मौसमले साथ नदिएकोले रुपाटारमै अवतरण गरी खाद्यान्न झार्नु परेको हो ।

दुई गाउँपालिका पुग्ने बाटो अविरल वर्षा र पहिरोको कारण अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले ती ठाउँमा चरम खाद्यान्न अभाव भएकोले हेलिकप्टरबाट राहत पठाईएको हो ।

पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नून १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो ।

Corporat nepal

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार ११:०५